काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १९ दशमलव २७ अंकले बढेर २ हजार ६७४ दशमलव २० बिन्दुमा पुगेको छ। यो ०.७२ प्रतिशतको वृद्धि हो।
आज ३४१ कम्पनीका १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक किनबेच हुँदा कुल ५ अर्ब ६४ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
सबै समूहका उपसूचकमा वृद्धि देखिएको छ। सलपा विकास बैंक लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य ४.१६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा राधी विद्युत् कम्पनी लिमिटेडको सबैभन्दा बढी ३६ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा अपि पावर कम्पनी लिमिटेडको १० लाख ४९ हजार ८४४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।
