सुर्खेत – सुर्खेत प्रहरीले टिकटकमा खुकुरी देखाउँदै भिडियो पोस्ट गर्ने तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा कालिकोट शुभकालिका गाउँपालिका घर भई वीरेन्द्रनगर नगरपालिका–१० एयरपोर्ट बस्ने १८ वर्षीय सुरेन्द्र शाही, दैलेख घर भई एरपोर्टमै बस्ने कक्षा १२ का १९ वर्षीय असिम सावद, र दैलेख घर भई वीरेन्द्रनगर–११ पिपिरा बस्ने कक्षा १२ का १८ वर्षीय प्रकाश सुनार छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाका अनुसार, उनीहरूलाई सार्वजनिक शान्ति खलल पुर्याएको आरोपमा पक्राउ गरिएको हो। प्रहरीले उनीहरूमाथि सार्वजनिक शान्ति भंगसम्बन्धी थप अनुसन्धान गरिरहेको छ।
