1. Home
  2. Blog
  3. ब्रेकिङ न्युज
सुदूरपश्चिममा प्रतिनिधिसभा निर्वाचनको सुरक्षा अनुगमन गर्दै उच्चस्तरीय टोली

सुदूरपश्चिममा प्रतिनिधिसभा निर्वाचनको सुरक्षा अनुगमन गर्दै उच्चस्तरीय टोली

काठमाडौँ – आउँदो प्रतिनिधिसभा निर्वाचन (फागुन २१) लाई लक्षित गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको उच्चस्तरीय सुरक्षा टोली सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निरीक्षणमा निस्किएको छ। टोलीमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ , ...

१७ फागुन २०८२
1 min read
Share
सुदूरपश्चिममा प्रतिनिधिसभा निर्वाचनको सुरक्षा अनुगमन गर्दै उच्चस्तरीय टोली

काठमाडौँ – आउँदो प्रतिनिधिसभा निर्वाचन (फागुन २१) लाई लक्षित गर्दै गृहमन्त्री ओमप्रकाश अर्याल नेतृत्वको उच्चस्तरीय सुरक्षा टोली सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा निरीक्षणमा निस्किएको छ। टोलीमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायतका उच्च अधिकारीहरू सहभागी छन्।

उच्चस्तरीय टोलीले बाँके–नेपालगन्ज हुँदै बझाङ, बाजुरा र धनगढी पुगेर निर्वाचन सुरक्षा र मतदान केन्द्रहरूको स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ। गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेलका अनुसार, टोलीले सम्बन्धित सुरक्षा निकायलाई निर्देशन दिने र समग्र निर्वाचन वातावरणको मूल्याङ्कन गर्नेछ।

यसअघि शुक्रबार गृहमन्त्री अर्यालसहितको टोलीले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्सामा निर्वाचन तयारी, शान्ति सुरक्षा र सरोकारवालासँग अन्तरक्रिया गरेको थियो।

सरकारले मतदाता र निर्वाचनलाई लक्षित गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरण सुनिश्चित गर्न सुरक्षा तयारीलाई बलियो र प्रभावकारी बनाएको छ। मन्त्रालयका अनुसार, निर्वाचन सुरक्षा रणनीति अन्तर्गत निर्वाचनअघि, निर्वाचन अवधिमा र मतदानपछि मतपत्र सुरक्षासहित कार्ययोजना अनुसार काम भइरहेको छ।

Trending Now

Monday, July 27, 2026

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check

Live Desk
YuktiTimes logoYuktiTimesसोमबार, ११ साउन २०८३ | १३:५५ बजे
मुख्य
समाज
राजनीति
सरकार
सुरक्षा
अर्थतन्त्र
विश्व
कृषि
खेलकुद
विचार
फोटो

YuktiTimes

Regd No:

Yuktitimes

Damak-Jhapa

9820778862

Admin: [email protected]

News: [email protected]

Contact for Advertisement

9820778862

[email protected]

YuktiTimes Team

Editor-in-Chief

Director

© 2026 YuktiTimes Pvt. Ltd. Tailored by Nextwave Technology.