संयुक्त राज्य अमेरिका र इजरायलले इरानका २४ प्रान्तका विभिन्न स्थानमा गरेको संयुक्त आक्रमणमा ठूलो मानवीय क्षति भएको विभिन्न स्रोतहरूले जनाएका छन्। इरानमा मानवअधिकारसँग सम्बन्धित अमेरिकी संस्था Human Rights Activists in Iran (HRANA) का अनुसार कम्तिमा १३३ जना नागरिकको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्, जसमा ८ जना सैन्य अधिकारीसमेत परेका छन्। उक्त विवरणलाई उद्धृत गर्दै CNN ले मृतक संख्या अझ बढ्न सक्ने जनाएको छ। यता इरानको सरकारी टेलिभिजन Press TV ले भने २०१ जनाको मृत्यु र ७४७ जना घाइते भएको दाबी गरेको छ।
अमेरिका र इजरायलले आक्रमण उच्च अधिकारी तथा सैन्य संरचनालाई लक्षित गरी गरिएको दाबी गरेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति Donald Trump ले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मार्फत इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। तर इरानी पक्षले त्यसको औपचारिक पुष्टि गरेको छैन। इरानका विदेशमन्त्री Abbas Araghchi ले NBC News सँगको अन्तर्वार्तामा सर्वोच्च नेता खामेनी र राष्ट्रपति मसुद पेजेस्कियन सुरक्षित रहेको बताएका छन्।
