काठमाडौं — देशका विभिन्न जिल्लामा चार जना मृत अवस्थामा फेला परेका छन्।
काठमाडौं महानगरपालिका–८ स्थित पशुपति क्रियापुत्री भवन नजिक करिब ४५ वर्षीय एक पुरुष शुक्रबार मृत अवस्थामा भेटिएका हुन्।
यस्तै, मोरङको सुन्दरहरैंचा नगरपालिका–७ ठडिया चोकमा ६५ वर्षीय लोकबहादुर भुजेल मृत अवस्थामा फेला परेका छन्।
दाङको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरमा १८ वर्षीय निकाश घर्ती मगर आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।
त्यसैगरी, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ अठ्ठाइस किलोमा डेरा गरी बस्दै आएका पाँचथर घर भएका ५० वर्षीय धनबहादुर सुब्बा आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्।
उक्त सबै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
