काठमाडौँ — नेपाल पत्रकार महासंघले अर्जुन आचार्य माथि भएको आक्रमणको विरोध जनाएको छ। शुक्रबार महासंघले जारी गरेको विज्ञप्तिमा सञ्चारकर्मी आचार्यमाथि भोलेन्टियर्स फोर्सका व्यक्तिहरूबाट आक्रमण भएको प्रति ध्यानाकर्षण भएको उल्लेख छ।
महासंघका महासचिव रामप्रसाद पोखरेल ले पेसागत धर्म निर्वाहका क्रममा भएको यो आक्रमण अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताको अभ्यासमाथिको प्रहार भएको बताए।
साथै महासंघले आक्रमणमा संलग्नलाई तुरुन्त कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित अभ्यास गर्न सक्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ। घाइते पत्रकार आचार्यको शीघ्र स्वास्थ्य लाभको कामना पनि महासंघले व्यक्त गरेको छ।

