बुटवल — नेपाली कांग्रेसका सभापति गगन थापा ले नयाँ वा पुराना पार्टीहरूले आफूलाई बदनाम गर्नका लागि फ्याक्ट्री नै खोलेको बताएका छन्। शुक्रबार बुटवलमा आयोजित चुनावी सभामा बोल्दै उनले ती फ्याक्ट्रीबाट सामग्री काँटछाँट गरी भ्रम फैलाउने काम भइरहेको बताएका छन्।
थापाले भने, “मेरो नाममा केही नयाँ र केही पुराना पार्टीले नयाँ सामग्री बनाउनेछन् वा मैले बोलेका पुराना सामग्रीको काँटछाँट गर्ने फ्याक्ट्री खोल्नेछन् भन्ने मलाई थाहा थियो। त्यहि फ्याक्ट्रीबाट उत्पादन भएको पछिल्लो सामग्रीमा जनजातिसम्बन्धी मेरो अपमानजनक शब्द प्रयोग गरेको भाग मात्र काटिएको छ।”
यस्ता सामग्री सार्वजनिक भएपछि पार्टीका साथीहरूले आफूलाई आत्तिएर फोन गर्ने गरेको उनले बताए।
