काठमाडौँ — नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ भने चाँदीको भाउ बढेको छ।
बिहीबार प्रतितोला ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने आज बढेको छ। बिहीबार प्रतितोला ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ५ हजार ७ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५ हजार १ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।
