काठमाडौँ । पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ठिक ३:१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको केन्द्रबिन्दु टोप्के गोला नजिकै रहेको जनाइएको छ। यसको प्रभावले सङ्खुवासभासहित ताप्लेजुङ जिल्लाका विभिन्न गाउँ तथा बजार क्षेत्रमा कम्पन महसुस गरिएको थियो।
जिल्लाका सुरक्षा अधिकारीहरूका प्रारम्भिक रिपोर्टअनुसार हालसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा क्षतिको सूचना प्राप्त भएको छैन। अधिकारीहरूले सतर्क रहन र आवश्यक परेमा सम्बन्धित निकायमा जानकारी दिन अनुरोध गरेका छन्।
