काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णयबारे सूचना प्रकाशित गरेको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मन्त्रिपरिषद् बैठकले फागुन २० देखि फागुन २२ गतेसम्म मुलुकभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। त्यसअनुसार मन्त्रालयले बिहीबार सूचना प्रकाशित गरी जनतालाई जानकारी दिएको छ।

