बुद्ध एयरले आफ्ना यात्रुहरूले सजिलै अनलाइन टिकट बुकिङ गर्न सकून् भन्ने उद्देश्यले नयाँ वेबसाइट सुरु गरेको छ। नयाँ वेबसाइटमार्फत टिकट बुक गर्दा विशेष प्रोमो कोड प्रयोग गरेर थप ३०० रुपैयाँ छुट पाउन सकिने सुविधा उपलब्ध छ।
एयरलाइन्सले फागुन १५ देखि फागुन २० सम्मको अवधिका लागि घर फर्कने यात्रुहरूको लागि विशेष प्रोमो कोड जारी गरेको छ। यो डिस्काउन्ट अफर प्रत्येक दिन पहिलो ३०० यात्रुका लागि मात्र लागू हुनेछ।
नयाँ वेबसाइटमार्फत अब यात्रुले फ्लाइट स्ट्याटस जाँच, कार्गो ट्रेसिङ र अन्य आवश्यक जानकारीहरू पनि सजिलै प्राप्त गर्न सक्नेछन्।
