काठमाडौँ । साताको कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। बिहीबार नेप्से परिसूचक ६.०३ अङ्कले बढेर २६५४.९३ विन्दुमा बन्द भएको छ।
आज बजारमा कुल ३३५ कम्पनीका १ करोड ५३ लाख कित्ता सेयर खरिदबिक्री भएका छन्। दिनभरको कारोबारबाट कुल ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज कारोबार भएका कम्पनीहरूमध्ये १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
सबैभन्दा बढी कमाउनेमा साल्पा विकास बैंक रहेको छ, जसको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५८४.५० पुगेको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिलको मूल्य ९.२६ प्रतिशत र हिम स्टारको मूल्य ६ प्रतिशतले वृद्धि भएको छ।
समूहगत परिसूचकमा होटल, उत्पादनमूलक, माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूह घट्दा बाँकी समूह बढेको देखियो। निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.०६ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा आज एपी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ३२ करोड ६८ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको २१ करोड १३ लाख र एसवाई प्यानलको १५ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
