काठमाडौँ । दाङको पातुखोलामा ग्यास सिलिन्डर विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ सुन्दरनगर निवासी ३९ वर्षीय शेरबहादुर दमाई उर्फ ‘सजक’ रहेका छन्।
फागुन ५ गते तुलसीपुर उपमहानगरपालिका–६ र वडा नम्बर–८ को सिमानामा पर्ने पातुखोलामा ग्यास सिलिन्डर विस्फोट गराइएको थियो। उक्त घटनामा उनको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रेशम बोहराले जानकारी दिएका छन्।
आरोपीलाई तुलसीपुरको रावत गाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई विस्फोटक पदार्थसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ। अदालतले अनुसन्धानका लागि १० दिनको म्याद दिएको डीएसपी बोहराले बताएका छन्।
