दाङ । बाँके राष्ट्रिय निकुञ्ज भित्र पर्ने दाङको बबई गाउँपालिकाका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ। गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले वडा नं. १ र ७ अन्तर्गतका किउरेनी, बन्चरे, बाटुले, गौजे, जीला, सिमलकुना, डाँडागाउँ, कप्ताने, जलजला र मलई बस्तीलाई सुरक्षित स्थानमा सार्न हालै निकुञ्ज प्रशासनलाई सिफारिस गरेका हुन्। उनका अनुसार ती बस्तीमा निकुञ्ज घोषणा हुनुभन्दा करिब ५० वर्षअघि देखि नै मानव बसोबास रहे पनि अहिले मध्यवर्ती क्षेत्रभित्र परेकाले स्थानीयवासीले विभिन्न समस्या भोग्दै आएका छन्। निकुञ्ज क्षेत्रबाट आउने जंगली जनावरले मानवीय क्षति गर्नुका साथै घरपालुवा जनावर र बालीनालीमा समेत नोक्सानी पुर्याउने गरेको उनले बताए। राष्ट्रिय निकुञ्ज क्षेत्र भएकै कारण तीनै तहका सरकारबाट पूर्वाधार विकासका लागि पर्याप्त बजेट विनियोजन हुन नसक्दा स्थानीयवासी राज्यबाट पाउने सेवा–सुविधाबाट समेत वञ्चित भएका छन्। प्रभावित नागरिकको जिउधनको सुरक्षा, राज्यका सेवा–सुविधामा पहुँच सुनिश्चित गर्न तथा मध्यवर्ती क्षेत्रको व्यवस्थापनलाई सन्तुलित बनाउन बस्ती स्थानान्तरण आवश्यक रहेको अध्यक्ष खत्रीको भनाइ छ। समस्या समाधान नभएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् भने आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान नगर्ने निर्णयसमेत गरेका थिए। हाल सो क्षेत्रमा सडक सञ्जालको सहज पहुँच छैन, सञ्चार सेवा प्रभावकारी छैन र जंगली जनावरबाट हुने क्षतिप्रति कानुनी जटिलताका कारण स्थानीय थप मारमा परेका छन्।
बाँके राष्ट्रिय निकुञ्जभित्रका १० बस्ती स्थानान्तरण गर्न सिफारिस
दाङ । बाँके राष्ट्रिय निकुञ्ज भित्र पर्ने दाङको बबई गाउँपालिकाका १० बस्तीलाई स्थानान्तरण गर्न सिफारिस गरिएको छ। गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले वडा नं. १ र ७ अन्तर्गतका किउरेनी, बन्चरे, बाटुले, गौजे, जीला, सिमलकुना, डाँडागाउँ, कप्ता...
1 min read
Share
