बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पा का अनुसार आज बिहान रैनादेवी छहरा गाउँपालिका–१ स्थित भित्री कच्ची सडक खण्डमा सिद्देश्वरबाट सन्देवातर्फ जाँदै गरेको लु २ ख २००१ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटनामा गम्भीर घाइते भएका चालक रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीका ४८ वर्षीय खिमबहादुर सोमईलाई तत्काल प्रहरी टोलीले उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो। अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु
बुटवल । पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पा का अनुसार आज बिहान रैनादेवी छहरा गाउँपालिका–१ स्थित भित्री कच्ची सडक खण्डमा सिद्देश्वरबाट सन्देवातर्फ जाँदै गरेको लु २ ख २००१ नम्बरको टिपर अनियन्त्र...
1 min read
Share
