काठमाडौँ – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पठाइएको छ।
निर्वाचन आयोगका अनुसार काठमाडौँ र भक्तपुर बाहेक सबै जिल्लामा ‘पहिलो हुने निर्वाचित हुने’ तथा ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्रसहित सामग्री पुर्याइएको हो।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिँदै काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार सामग्री र मतपत्र पुर्याइने बताए।
आयोगले तोकिएको समयमै सम्पूर्ण तयारी पूरा गर्ने जनाएको छ।
