मकवानपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक पुष्कर बोगटीका अनुसार हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो।
दुर्घटनामा मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका–१ निवासी २२ वर्षीय सन्जित स्याङतान र पछाडि सवार १८ वर्षीय अमोश थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्रक र चालकको खोजी कार्य जारी रहेको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए।
