काठमाडौँ – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं सर्वोच्च अदालतको आदेशअनुसार रिहा भएका छन्।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको थियो। आवश्यक प्रक्रिया पूरा गर्न समय लागेकाले उनी बुधबार मात्रै रिहा भएका हुन्।
प्रहरीले प्रसाईंलाई निर्वाचन भाँड्ने गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो। उनी यसअघि पनि विभिन्न आरोपमा पटक–पटक पक्राउ परेर रिहा हुँदै आएका छन्।
