काठमाण्डौ – चुनावलाई ध्यानमा राखेर नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको जनाएको छ। निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार भारतीय आयल कर्पोरेसनबाट उच्च दरमा ग्यास लोड भइरहेको छ।
भट्टले जानकारी दिनुभयो कि हिजो यो वर्षकै सबैभन्दा धेरै, एकै दिन १३८ बुलेट ग्यास लोड गरिएको छ। बजारमा केही उपभोक्ताले ग्यास सहज पाउन नसकेको गुनासो गरे पनि निगमले चुनावको अवधिमा पनि आपूर्ति नियमित रहने दाबी गरेको छ।
