काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।
मंगलबार प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रुपैयाँमा किनबेच भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यता बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबार प्रतितोला पाँच हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार सात सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३० रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ८९ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।
