विराटनगर — झापा र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित औषधि र लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रणका लागि सञ्चालन गरिएको सक्रियतामा फागुन ११ गते उनीहरूलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले झापाको बुद्धशान्ति–४ का सोनम शेर्पालाई १ ग्राम १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यसैगरी, सुनसरीको धरान–८ तिनकुनेमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा मोटरसाइकलमा सवार सिजन अधिकारी र नविन कडेलसहित ५ सय ९० क्याप्सुल ट्रामाडोल र ५ सय ९० ट्याब्लेट डिकोलिक बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
