मकवानपुर जिल्ला — सोमबार बेलुकी मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीस्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ।
मृतक प्रेमबहादुर गोले, बकैया गाउँपालिका–८ बस्तिपुरका ४० वर्षीय थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार उनी सवार मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो।
दुर्घटनापछि गम्भीर घाइते भएका गोलेलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो, तर राति ९:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
