नेपाली बजारमा आज (फागुन १२, मंगलबार) सुनको भाउ बढेको छ भने चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला रुपैयाँ ३,१४,८००मा कारोबार भइरहेको छ, जुन सोमबारको प्रतितोला रुपैयाँ ३,१३,५००को तुलनामा एक हजार तीन सय रूपैयाँले बढेको हो।
त्यस्तै, चाँदीको मूल्य घटेर आज प्रतितोला रुपैयाँ ५,५८५मा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला रुपैयाँ ५,५९५मा कारोबार भइरहेको थियो, जसअनुसार आजको मूल्य १० रूपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५,१७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
