नेपाली बजारमा आज (सोमबार) पनि सुनचाँदीको मूल्य बढेको छ।
आइतबार प्रतितोला ५ हजार ६ सय रुपैयाँ र सोमबार ३ हजार २ सय रुपैयाँ बढेसँगै दुई दिनमा सुनको भाउ कुल ८ हजार ८ सय रुपैयाँले उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ पुगेको छ।
आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ हजार ५ सय ९५ रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ७० रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ५ हजार १ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
