काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अवसरमा सरकारलाई तीन दिन बिदा दिन सिफारिस गरेको छ।
आइतबार आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् कि आयोगले फागुन २०, २१ र २२ गते बिदा दिन सरकारलाई पत्राचार गरेको छ।
तर अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। यस निर्वाचनअन्तर्गत मतदान फागुन २१ गते हुनेछ। आयोगको सिफारिस अनुसार निर्णय भएमा निर्वाचनको समयमा एक हप्ता बिदा हुने संभावना छ।
यस वर्ष फागु पूर्णिमा फागुन १८ गते मनाइँदैछ भने १९ गते तराई क्षेत्रमा होली मनाइन्छ। यस्तै, २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइँदैछ।
