काठमाडौँ – यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरी विभिन्न जिल्लामा परिचालन हुन थालेको छ।
आइतबार महाराजगञ्जस्थित १ नम्बर गणबाट प्रहरीहरू मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिराहा, पर्सा, सप्तरी, सर्लाही र रौतहट लगायतका जिल्लामा खटिएका छन्।
निर्वाचन सुरक्षार्थ पहिलो चरणमा तीन हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।
