काठमाडौँ — सर्वोच्च अदालतले नेकपा अध्यक्ष ऋषिराम कट्टेल लाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
ऋषिराम कट्टेलको हकमा उनका छोरा रुपेश कट्टेल ले दर्ता गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगाना को एकल इजलासले कट्टेललाई अदालतमा उपस्थित गराउन र लिखित जवाफ पेश गर्न गृहमन्त्रालयसहित सम्बन्धित निकायलाई आदेश दिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा गत फागुन ६ गते कीर्तिपुरबाट कट्टेललाई पक्राउ गरेको थियो। यसक्रममा नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईं समूहका एसपी साह पनि हिरासतमा राखिएका छन्।
यसअघि दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा पनि सर्वोच्चले बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।
