काठमाण्डाै — सरकारले भदौ २३ र २४ गते भएको नवयुवा प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको सूची तयार गर्न अस्पतालहरूलाई १५ गतेभित्र नामावली पठाउन निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले सूचना जारी गर्दै यही मितिभित्र घाइतेको सूचीकरण र वर्गीकरण गर्न अन्तिम अवसर दिएको जनाएको छ। गृह मन्त्रालयको पत्र र समन्वय समितिको निर्णयअनुसार, लामो समय लागेका सूचीकरण, वर्गीकरण र पुनर्वर्गीकरण कार्य यस पटक अन्तिम म्यादमा सम्पन्न गर्न भनिएको हो।
मन्त्रालयले जनाएको छ कि यस अवधिभित्र प्राप्त भएका निवेदनहरूको छानबिन गरी घाइतेहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।
प्रवक्ता डा. प्रकाश बुढाथोकी का अनुसार, आन्दोलनका क्रममा उपचार प्राप्त गरेका घाइतेहरूको विवरण स्वास्थ्य मन्त्रालयको इमेल ठेगानामा १५ गतेभित्र पठाउन सबै अस्पतालहरूलाई निर्देशन दिइएको छ।
