काठमाडौँ — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भारत सरकारले सशस्त्र प्रहरी बल नेपाल लाई १० हजार टियर ग्याँस सेल अनुदानमा उपलब्ध गराएको छ।
सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले जानकारी दिँदै भने, “निर्वाचन सुरक्षा व्यवस्थापनका लागि १० हजार सेल टियर ग्याँस भारत सरकारबाट प्राप्त भएको हो।”
त्यसैगरी, प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले नेपाल सरकारलाई ५३८ वटा गाडी सहयोग स्वरूप हस्तान्तरण गरेको छ। हालसम्म ती सबै गाडी नेपाल आइपुगेका छन्। भारतबाट बोलेरो जिप, स्कोर्पियो र स्कोर्पियो पिकअप गाडीहरू आएको गृह मन्त्रालयका अधिकृतहरूले बताएका छन्।
त्यसमध्ये ९३ वटा गाडी सशस्त्र प्रहरी बललाई दिइएको छ। ती गाडीहरू हालसम्म ४४ जिल्लामा वितरण भइसकेको छ भने आज थप १० जिल्लामा नयाँ गाडीहरू पठाइएको छ, सशस्त्र प्रहरीका अधिकृतले जानकारी दिए।
