Donald Trump ले विश्वव्यापी भन्सार शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्। यसअघि Supreme Court of the United States को शुल्कसम्बन्धी फैसलापछि उनले १० प्रतिशत भन्सार शुल्क लागू गरेका थिए।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म Truth Social मार्फत सर्वोच्च अदालतको निर्णयप्रति असहमति जनाउँदै विश्वव्यापी कर दर बढाउने निर्णय सार्वजनिक गरेका हुन्। उनले धेरै देशहरूले वर्षौंदेखि अमेरिकालाई आर्थिक रूपमा हानि पुर्याउँदै आएको दाबी गरेका छन्।
उनका अनुसार आगामी महिनाहरूमा प्रशासनले कानुनी प्रक्रिया पूरा गर्दै नयाँ शुल्कहरू निर्धारण गर्नेछ। यस कदमले ‘अमेरिकालाई फेरि महान् बनाउने’ अभियानलाई थप मजबुत बनाउने उनले जिकिर गरेका छन्।
यसअघि White House ले घोषणा गरेका अधिकांश करहरू गत शुक्रबार अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएको थियो। अदालतले आफ्नो फैसलामा ट्रम्पले कार्यकारी अधिकारको सीमाभन्दा बाहिर गएर राष्ट्रिय आपतकालीन ऐन प्रयोग गरेको उल्लेख गरेको छ।
