सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकारी कृष्ण पौडेलका अनुसार कैदीबन्दीका लागि रामधुनी–५ स्थित झुम्का कारागारमा र सरकारी कर्मचारी तथा सुरक्षाकर्मीका लागि रामधुनी नगरपालिका–१ स्थित कृषि व्यवसायी प्रवर्द्धन केन्द्र झुम्कामा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ। कारागारमा कैदीबन्दीलाई मतदानको सुविधा दिइनेछ भने कृषि व्यवसायी केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने व्यवस्था गरिएको छ। जिल्लामा हाल दुई हजारभन्दा बढी अस्थायी मतदाता रहेको छ भने निर्वाचन प्रक्रियाको खटनपटनपछि अस्थायी मतदाता नामावलीमा नाम स्वीकृत हुने भएकाले संख्या थप–घट हुनसक्ने आयोगले जनाएको छ। अस्थायी मतदाताले प्रत्यक्ष उम्मेदवारलाई भोट हाल्ने सुविधा नपाउनेछन्। कोशी प्रदेशमा जिल्लागत आधारमा अस्थायी मतदान केन्द्र तोक्दा २८ अस्थायी निर्वाचन क्षेत्र र अस्थायी मतदाता तोकिएको छ।
सुनसरीमा प्रतिनिधिसभा निर्वाचनका लागि दुई अस्थायी मतदान केन्द्र तोकिए
सुनसरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्ला निर्वाचन कार्यालय सुनसरीका निर्वाचन अधिकारी कृष्ण पौडेलका अनुसार कैदीबन्दीका लागि रामधुनी–५ स्थित झुम्का ...
1 min read
Share
