निर्वाचनलाई बढी सहभागितामूलक बनाउने र बदर मतको प्रतिशत घटाउने उद्देश्यले निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ। आमनागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउन आयोगबाट स्वीकृत कार्यक्रमअन्तर्गत फागुन ३ देखि १७ गतेसम्म देशका ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको आयोगले जनाएको छ। स्वयंसेवकहरू बस्ती तथा घरदैलोमै पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रिया र निर्वाचनको महत्वबारे जानकारी गराइरहेका छन्। कार्यक्रमको प्रभावकारी अनुगमनका लागि स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई अनुगमनकर्ताको जिम्मेवारी दिई अभिमुखीकरणसमेत सम्पन्न गरिएको छ। यसैबीच, निर्वाचन आचारसंहिताविपरीत मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्ति र संस्थामाथि निगरानी बढाइएको आयोगले जनाएको छ। निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत सूचना सदाचार प्रवर्द्धन एकाइ सक्रिय रूपमा परिचालित छ। हानिकारक सूचना उत्पादन तथा प्रसारण गर्ने २९० कन्टेन्ट उत्पादक र सम्प्रेषकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गरिएको छ भने ११ वटालाई दूरसञ्चार प्राधिकरण ऐन, २०५२ अनुसार कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाइएको छ। साथै, ६५ वटालाई प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिल नेपालमा र एक वटालाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।
निर्वाचनलाई सहभगितामूलक बनाउन मतदाता शिक्षा कार्यक्रम तीव्र
निर्वाचनलाई बढी सहभागितामूलक बनाउने र बदर मतको प्रतिशत घटाउने उद्देश्यले निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्रता दिएको छ। आमनागरिकलाई मताधिकारको महत्व र मतदान प्रक्रियाबारे जानकारी गराउन आयोगबाट स्वीकृत कार्यक्...
1 min read
Share
