गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीन पटक मात्र हवाई उडान हुने भएको छ। नेपाल वायु सेवा निगमले यसअघि सातामा चार पटक गर्दै आएको उडान तालिकामा परिवर्तन गरेको हो। निगमले आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान गर्दै आएकामा अब आइतबार, मङ्गलबार र शनिबार मात्र उडान हुने रेसुङ्गा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए। हाल निगमसँग तीनवटा मात्र ट्वीनअटर जहाज रहेको र ती जहाज समय–समयमा मर्मत गर्नुपर्ने भएकाले जहाज अभावका कारण केही समयका लागि तालिका परिवर्तन गरिएको उनले बताए। पछिल्लो तीन महिनादेखि वर्षात्, खराब मौसम र बाक्लो हुस्सुबाहेक नियमित उडान हुँदै आएको थियो। १८ सिट क्षमताको ट्वीनअटर जहाजमार्फत काठमाडौँबाट बिहान ६:३० बजे र रेसुङ्गाबाट बिहान ७:३० बजे उडान हुँदै आएको छ। निगमले काठमाडौँ–गुल्मी भाडा रु ७,५०० र गुल्मी–काठमाडौँ रु ७,३०० निर्धारण गरेको छ। दिउँसो अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक कारण बिहान मात्रै उडान हुने गरेको छ। २०८० वैशाख २९ गतेदेखि व्यावसायिक उडान सुरु भएपछि जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ भने १८ घण्टा लामो स्थलयात्रा गर्नुपर्ने बाध्यता हटेर ४५ मिनेटमै राजधानी आवतजावत सम्भव भएको छ। यात्रु चाप बढे पनि उडान सङ्ख्या कम हुनु र तालिका परिवर्तन भइरहनुले स्थानीयलाई भने समस्या भइरहेको छ।
रेसुङ्गा विमानस्थलमा अब सातामा तीन पटक मात्र उडान
गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीन पटक मात्र हवाई उडान हुने भएको छ। नेपाल वायु सेवा निगमले यसअघि सातामा चार पटक गर्दै आएको उडान तालिकामा परिवर्तन गरेको हो। निगमले आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान गर्दै आएकामा अब आइतबा...
1 min read
Share
