आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैतडीमा मदिराजन्य पदार्थको बिक्री–वितरण तथा ओसारपसारमा कडाइ गरिएको छ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभर यस्तो निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत भोजलाल थारूका अनुसार फागुन ९ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म हरेक दिन साँझ ७ बजेपछि मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ। व्यवसायीहरूसँगको छलफलपछि मदिरा बिक्री–वितरण र उपभोगलाई व्यवस्थित गर्ने तथा ओसारपसार नियमन गर्ने निर्णय गरिएको उनले बताए। साथै, मौन अवधिभर मदिराजन्य पदार्थको बिक्री–वितरण पूर्ण रूपमा निषेध गरिने र फागुन ११ देखि २४ गतेसम्म मदिरा ढुवानी तथा ओसारपसार नगर्ने निर्णय भएको जनाइएको छ। निर्णय उल्लङ्घन गरेमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। यसैबीच, निर्वाचनका लागि बैतडीमा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।
बैतडीमा निर्वाचन लक्षित मदिरा बिक्री–वितरणमा कडाइ
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैतडीमा मदिराजन्य पदार्थको बिक्री–वितरण तथा ओसारपसारमा कडाइ गरिएको छ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाभर यस्तो निर्णय गरिएको हो। जिल्ला प्रशासन कार्यालय बै...
1 min read
Share
