पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकखण्डमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। वीरगन्जबाट चितवनतर्फ गइरहेको बा प्र ०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो। मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार घाइते यात्रुहरूको उद्धार गरी उपचारका लागि चितवनस्थित अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकखण्डमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। वीरगन्जबाट चितवनतर्फ गइरहेको बा प्र ०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडकको बायाँ किनारम...
1 min read
Share
