संखुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७:३१ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पबाट के कति क्षति भयो भन्नेबारे यकिन विवरण प्राप्त भइसकेको छैन।
यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपाल हिमालय क्षेत्रमा पर्ने भएकाले यहाँ विभिन्न समयमा साना तथा ठूला भूकम्प जाने गर्दछन्।
