काभ्रेको बनेपामा टिपरमा आगजनी गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।
फागुन ६ गते बा प्र ०१–००४ क ३४२३ नम्बरको टिपरले बा प्र ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ३० वर्षीय ओमन प्रधानको मृत्यु भएको थियो। दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गर्नुका साथै आगजनी गरेका थिए।
घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेहरूमा विदुर बुढाथोकी, विकाश राय, श्याम मानन्धर, नवीन तामाङ, उमेश खत्री, सिजन श्रेष्ठ, सुदर्शन तिमिल्सिना, रामबहादुर माझी, रेनुशा मोक्तान, कविता रसाइली, सरोज पराजुली, रवि थापा र नगेन्द्र शाह रहेका छन्।
प्रहरीले उनीहरूमाथि अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिएको जनाएको छ।
