नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गम्भीर संवैधानिक जटिलताका बेला सर्वोच्च अदालतले समयमै फैसला दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
शनिबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, “म्याद गुज्रिएको औषधि जस्तो, म्याद गुजारेर दिने न्याय डेट एक्सपायर्ड मेडिसिन जस्तै हो। त्यसले व्यवहारमा काम लाग्दैन र परिणाम पनि दिन सक्दैन।”
अध्यक्ष ओलीले निर्वाचन मिति तय भइसकेपछि अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाइ निर्वाचनपछिका लागि सार्नु व्यावहारिक दृष्टिले अर्थहीन भएको टिप्पणी पनि गरे। उनले तत्काल न्याय उपलब्ध नभएको कारण मुलुकलाई संवैधानिक रूपमा अघि बढाउन अब चुनावबाहेक विकल्प नभएको स्पष्ट पारे।
