राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले शनिबार पार्टी परित्याग गर्ने निर्णय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्।
थापाले पार्टीले आफ्नो मूल विचार र सिद्धान्तबाट विचलित हुँदै गएको आरोप लगाएका छन्। उनले नेतृत्वमा ‘आशीर्वाद’का आधारमा चयन हुन थालेको र सक्रिय कार्यकर्तालाई पाखा लगाउने प्रवृत्ति बढेको हुँदा पार्टी अलोकतान्त्रिक बन्दै गएको टिप्पणी गरे।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनदेखि थापा रास्वपा नुवाकोटका जिल्ला सदस्य र बिदुर नगर इन्चार्जका रूपमा सक्रिय थिए। सोही वर्ष उनी नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार सुमनबिक्रम पाण्डेका निकट मानिन्थे।
