1. Home
  2. Blog
  3. ब्रेकिङ न्युज
लिस्बनमा नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श बैठक सम्पन्न, सहयोग अभिवृद्धि गर्ने सहमति

लिस्बनमा नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श बैठक सम्पन्न, सहयोग अभिवृद्धि गर्ने सहमति

काठमाण्डौ – नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ( बीसीएम ) को पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बन मा सम्पन्न भएको छ। बैठक लिस्बनको परराष्ट्र मन्त्रालयमा हिजो सम्पन्न भएको थियो, जहाँ दुवै देशले व्यापार, लगानी, पर्यटन, संस्कृति, शि...

९ फागुन २०८२
1 min read
Share
लिस्बनमा नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श बैठक सम्पन्न, सहयोग अभिवृद्धि गर्ने सहमति

काठमाण्डौ – नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र (बीसीएम) को पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बन मा सम्पन्न भएको छ। बैठक लिस्बनको परराष्ट्र मन्त्रालयमा हिजो सम्पन्न भएको थियो, जहाँ दुवै देशले व्यापार, लगानी, पर्यटन, संस्कृति, शिक्षा र विज्ञान–प्रविधि क्षेत्रमा सहकार्य र सहयोग अभिवृद्धि गर्ने सहमति गरेका छन्।

बैठकमा नेपाल–पोर्चुगल सम्बन्धका राजनीतिक, आर्थिक र कन्सुलर मामिलासहित समग्र द्विपक्षीय सम्बन्धको समीक्षा गरिएको थियो। साथै दुवै पक्षले जलवायु परिवर्तन र साझा चासोका क्षेत्रीय तथा बहुपक्षीय मुद्दामा पनि विचार–विमर्श गरेका थिए।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राई ले गर्नुभएको थियो भने पोर्चुगल तर्फबाट परराष्ट्र तथा सहकार्य मामिला सचिव डा. आना इसाबेल जेभियर ले नेतृत्व गर्नुभएको थियो। प्रतिनिधिमण्डलमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव एवम् युरोप महाशाखा प्रमुख गणेशप्रसाद ढकाल, उपसचिव उत्तम घिमिरे लगायत दूतावासका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।

बैठकमा साझा चासो, आपसी हित र थप सहयोगका उपायमा गहन छलफल भएको राजदूत पौडेलले जानकारी दिनुभयो। साथै, पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायले भोगिरहेका कागजात प्रमाणीकरणसम्बन्धी समस्या समाधानका लागि पोर्चुगिज पक्षसँग विशेष आग्रह गरिएको छ।

यस अवसरमा परराष्ट्र सचिव राईले नेपाली समुदायप्रतिको सद्भावका लागि पोर्चुगल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो भने, डा. जेभियरले पोर्चुगलको अर्थतन्त्रमा नेपाली समुदायले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।

Trending Now

Monday, July 27, 2026

Kathmandu Desk | Policy Watch | Public Service | Fact Check

Live Desk
YuktiTimes logoYuktiTimesसोमबार, ११ साउन २०८३ | १३:५७ बजे
मुख्य
समाज
राजनीति
सरकार
सुरक्षा
अर्थतन्त्र
विश्व
कृषि
खेलकुद
विचार
फोटो

YuktiTimes

Regd No:

Yuktitimes

Damak-Jhapa

9820778862

Admin: [email protected]

News: [email protected]

Contact for Advertisement

9820778862

[email protected]

YuktiTimes Team

Editor-in-Chief

Director

© 2026 YuktiTimes Pvt. Ltd. Tailored by Nextwave Technology.