बैतडीमा निर्वाचन ड्युटीमा खटिएका एक प्रहरीको मृत्यु भएको छ।
दशरथचन्द नगरपालिका–४ का ३८ वर्षीय महादेव वडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
शुक्रबार दिउँसो ड्युटी सकेर खाना खान घर गएका महादेव घरमै अचेत अवस्थामा भेटिएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
