काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूले काठमाडौँमा आयोजित कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।
घोषणापत्रमा समृद्ध नेपाल निर्माण, सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक न्याय र संस्थागत सुधारलाई मुख्य प्राथमिकतामा राखिएको पार्टीले जनाएको छ।
पार्टीका नेताहरूका अनुसार मुलुकमा स्थिरता, विकास र प्रभावकारी सुशासन कायम गर्न नयाँ सत्ता समीकरण आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्य घोषणापत्रमा समेटिएको छ।
