तनहुँको देवघाट गाउँपालिका–४ (सारवाङ) क्षेत्रबाट दुई थान भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका ४० वर्षीय पूर्णबहादुर गुरूङ र २४ वर्षीय अर्जुन गुरूङ रहेका छन्, प्रहरीले बताएको छ।
इलाका प्रहरी कार्यालय साराङघाटबाट गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरुलाई रिस्ती खोलाबाट हातहतियारसहित पक्राउ गरेको हो। पक्राउका बेला उनीहरुका साथमा बारुद जस्तो देखिने कालोपदार्थ र फलामका टुक्रा समेत बरामद गरिएको जनाएको छ।
उनीहरु विरुद्ध हथियार तथा खरखजाना सम्बन्धी मुद्दामा मुद्दा दर्ता भई जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
