काठमाडौँ । ज्ञानेन्द्र शाह ले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने धारणा व्यक्त गरेका छन्।
७४औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै उनले प्रजातन्त्रमा प्रतिनिधि छनोटका लागि आवधिक निर्वाचन स्वाभाविक प्रक्रिया भए पनि वर्तमान परिस्थितिको गम्भीरतालाई बुझ्न आग्रह गरेका हुन्।
सन्देशमा उनले जनभावनालाई उद्धृत गर्दै भनेका छन्, “यतिखेरको आम जनभावना यो छ कि मुलुकमा पहिले राष्ट्रिय समस्याको समाधान गरेर मात्र आसन्न निर्वाचन प्रक्रियातर्फ जानु उचित हुनेछ।”
निर्वाचनपछि मुलुकमा कुनै द्वन्द्व, अशान्ति वा खिचातानी नहोस् भन्ने विषयलाई ध्यानमा राखी राष्ट्रिय सहमति र सबैलाई समेट्ने समझदारी कायम गरेर मात्रै निर्वाचनमा जानु उपयुक्त हुने उनको भनाइ छ।
