उत्तरी जापानमा बुधबार हिउँमा पुरिएका तीन जनालाई उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये एक जना बेहोस अवस्थामा फेला परेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
स्थानीय बासिन्दाले आपतकालीन सेवामा खबर गरेपछि होक्काइडो प्रान्तको सप्पोरो शहरस्थित एक भवनको छतबाट खसेको हिउँमा गाडिएका उनीहरूलाई उद्धार गरिएको हो। स्थानीय अग्निशमन विभागलाई उद्धृत गर्दै Kyodo News ले जनाएको छ।
अग्नि नियन्त्रकहरूले घटनाको पुष्टि गर्दै बेहोस अवस्थामा फेला परेका एक जनालाई उपचारका लागि अस्पताल पठाइएको जानकारी दिएका छन्। स्थानीय मौसम विज्ञान विभागका अनुसार घटनास्थलको तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन सामान्यतया मार्चको सुरुआततिर देखिने तापक्रम हो।
हिउँले पुरिएको भवन एक कम्पनीको गोदाम रहेको बताइएको छ। घटनाबारे स्थानीय अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन्।
