झापा — मेचीनगर नगरपालिका–भृकुटी चोकमा एक नवजात शिशु मृत अवस्थामा फेला परेका छन्।
आज बिहान करिब ९ बजे भृकुटी चोकस्थित दीपक बरालको खाली जग्गामा अन्दाजी तीन महिनाजस्तो देखिने सालनालसहितको, लिङ्ग नखुलेको नवजात शिशु बेवारिसे अवस्थामा मृत फेला परेको हो।
घटनाबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टा बाट प्रहरी टोली खटिएको थियो। कानुनी प्रक्रिया तथा मुचुल्का सम्पन्न गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
