निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई खतरामा पार्न सक्ने भएकाले सम्बन्धित सबै पक्षलाई सतर्क रहन आग्रह गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) प्रयोग गरेर सिर्जना गरिएका भ्रमपूर्ण सामग्री सामाजिक सञ्जालमा नसञ्चार गर्न र निर्वाचनको मर्यादा कायम राख्न अनुरोध गरेका छन्।
आयोगले सञ्चार माध्यमहरूलाई पनि मतदान हुनुअघि मतदाताको कुराकानी वा मत सर्वेक्षणमा आधारित नतिजा सार्वजनिक नगर्न निर्देशन दिएको छ। यसरी नतिजा पूर्वमा घोषणा गर्नाले उम्मेदवारहरूलाई हतोत्साहित गर्ने र प्रतिस्पर्धाको वातावरणलाई प्रभावित गर्ने खतरा छ।
निर्वाचन आचारसंहिता, २०८२ को पालना गर्दै हरेकले आफ्नो जिम्मेवारी बुझेका तरिकाले काम गर्न आयोगले जोड दिएको छ।
