काठमाडौँ – सरकारी ठेक्का लिएर समयमै काम नगर्ने वा ढिलासुस्ती गर्ने १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालय ले लिखित स्पष्टीकरण पेश गर्न सूचना जारी गरेको छ।
कार्यालयले सूचना प्रकाशित भएको मितिबाट ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न आदेश दिएको छ। स्पष्टीकरण मागिएका व्यवसायी र कम्पनीहरू सडक डिभिजन डोटी, सडक डिभिजन इलाम, सडक डिभिजन पाल्पा, सडक डिभिजन ललितपुरलगायत निकायबाट सिफारिस भएका छन्। तीमध्ये प्रमुख कम्पनीहरूमा अनुप कन्स्ट्रक्सन, अच्युत कन्स्ट्रक्सन एण्ड सप्लायर्स, नागार्जुन/आशिका जे.भी, पन्थ–तारा लक्ष्मी जे.भी, र रिदम कन्स्ट्रक्सन रहेका छन्।
कार्यालयले आज सूचना निकाल्दै ती कम्पनीलाई स्पष्ट आधार र प्रमाणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ कि किन तिनीहरूलाई कालो सूचीमा नराख्ने भन्नेबारे जवाफ दिनुपर्नेछ। यसअघि सम्बन्धित सार्वजनिक निकायले ती कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेपछि कार्यालयले ३० दिनको म्याद दिई स्पष्टीकरण मागेको थियो। तर उक्त अवधिमा कुनै लिखित जवाफ नआएपछि पुनः सार्वजनिक सूचनामार्फत ७ दिनको अवसर दिइएको हो।
सूचनामा उल्लेख भएअनुसार तोकिएको समयभित्र स्पष्टीकरण नपेश गरेमा ती कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ। कालो सूचीमा परेमा ती निर्माण

