काठमाडौँ – नेपाली बजारमा आज (बुधबार) पनि सुन र चाँदीको मूल्य घटेको छ।
गत सोमबारदेखि घट्दै आएको सुनको मूल्य आज पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ४ सय रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा ४ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४,९३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
