जनकपुर । नेपाली कांग्रेस ले आज जनकपुरमा सभा आयोजना गर्दैछ।
कांग्रेस मधेस प्रदेश कार्यसमितिको आयोजनामा बुधबार हुने यो सभालाई “प्रतिज्ञा सभा” भनिएको छ। सो सभाबाट कांग्रेसले आज आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछ, जसलाई यसपटक पार्टीले “प्रतिज्ञा पत्र” भनेको छ। निर्वाचन आयोगमा पार्टीले फागुन ३ गते नै घोषणापत्र बुझाइसकेको थियो।
जनकपुरको सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको छ, जानकारी कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादव ले दिएका छन्।
आज दिउँसो ४ बजे काठमाडौँस्थित कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसे ले प्रतिज्ञा पत्रबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिने कांग्रेसले जनाएको छ।
